अदालतमा महराले फेरि भने– युवतीको घर गएकै छैन
फाइल तस्वीर ।

काठमाडौं– शुक्रबार विहानबाट काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान जारी छ । बयानमा महराले आफू युवतीको घर नगएको जिकिर गरिरहेका छन् । 

यसअघि पनि उनले आफूमाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिलाको कोठामा आफू नपुगेको बताएका थिए । उनले बारम्बार यही भन्दै आएका छन् । तर, प्रहरीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी संसदकी एक कर्मचारीको घर वरपर सिसिटिभी फुटेजमा महरालाई देखिएको बताउँदै आएको छ । 

महराले आफू त्यो क्षेत्रमा पुगेको भए पनि ती युवतीको घरभित्र नगएको बताएका हुन् । 

एक अधिवक्ताका अनुसार महराले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आज उनको बयान न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । उनको बयान सकिएको खण्डमा नै आज नै उनीमाथि थुनछेक बहस सुरु हुँदैछ । यो बहसले महरा तारेखमा छुट्ने वा पूपक्र्षका लागि थुनामा रहने भन्ने निर्धारण गर्नेछ ।






  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार १४:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया