डब्ल्यूटिओले गर्यो अमेरिकाको पक्षमा फैसला, भारतलाई झट्का

एजेन्सी– भारत तथा अमेरिकाबचि भएको व्यापार सम्बन्धी एक विवादमा विश्व व्यापार संगठन (डब्ल्यूटिओ)ले अमेरिकाको पक्षमा फैसला सुनाएको छ । 

डब्ल्यूटिओको अनुसार भारतले अमेरिकाबाट अमेरिकामा निर्यात हुने उत्पादनमा जुन सब्सिडी (छुट) दिइएको छ, त्यो नियमहरुको उल्लंघन हो । व्यापार संगठनको यो निर्णयका कारण भारतका लागि ठूलो झट्का हुने विश्वास गरिएको छ ।

भारतको यो सब्सिडी ७ सय करोड डलरभन्दा धेरै भएको अनुमान गरिएको थियो । तर, व्यापार संगठनको प्यानलले भारतबाट भएको निर्यातमा दिइएको यो छुट स्टिल, टेक्सटाइल तथा औषधिसँग सम्बन्धित उत्पादनमा हो । 

अमेरिकाले सन् २०१८ मा यो विषय व्यापार संगठनमा उठाउको थियो । अमेरिकाले भारतले दिएको यो छुटका कारण अमेरिकी उद्योग तथा कामदारलाई नोक्सान भएको भन्दै यसको विरोध गरेको थियो । 

अमेरिकाले भारत पछिल्लो समय आर्थिक क्षेत्रमा बलियो भएको र उसका लागि यो छुट आवश्यक नभएको तर्क गरेको थियो । भारतले गर्ने कूल निर्यातमा १६ प्रतिशत अमेरिकामा गर्ने गरेको छ । त्यसैले पनि यो विषयलाई गम्भीर भएर हेरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार ०:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया