आइएसले नयाँ नेता घोषणा गरेपछि ट्रम्पले भने– तिनलाई पनि हामीले चिनेका छौँ

एजेन्सी– इस्लामिक स्टेटले आफ्ना नेता अबु बक्र अल बगदादीको मृत्यु भएको स्वीकार गर्दै नयाँ नेता घोषणा भएको २४ घन्टा नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा जवाफ दिएका छन् । 

ट्रम्पले ट्विटरमा आइएसको यो निर्णयको कडा जवाफ दिएका हुन् । उनले आइएसले छानेका नयाँ नेतालाई पनि आफूहरुले चिनेको बताएका छन् । तर, उनले ट्विटरमा यसबाहेक अन्य कुनै जानकारी दिएका छैनन् । 

आइएसले चाहिँ हिजोमात्रै अबु इब्राहिम अल हाशिमी अल कुरैशीलाई आफ्नो नयाँ नेता चुनेको हो । 

यसअघि बिहिबार मात्र अमेरिकाले आइएसका सर्वोच्च नेताको एउटा सुरुङमा कुकुर पठाएर हत्या गरेको थियो । त्यति बेला ट्रम्पले त्यसलाई संज्ञा दिएका थिए– बगदादीको मृत्यु कुकुरको जस्तै भयो ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया