करिनाले गरिन् विश्वकप ट्रफीको अनावरण

एजेन्सी– बलिउड अभिनेत्री करिना कपुरले मेलबर्नको क्रिकेट मैदानमा आइसिसी टी २० वल्र्डकपको ट्रफी अनावरण गरेकी छिन् । महिला तथा पुरुष दुवै वल्र्डकप ट्रफीको अनावरण गरेकी हुन् । अब उनको यो भिडियो र फोटो विश्वमा छाएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिला तथा पुरुष टी २० क्रिकेटको प्रतियोगिता अर्को वर्ष अष्ट्रेलियामा गर्दै छ । सन् २०२० मा अष्ट्रेलियामा हुने सातौँ विश्व पुरुष टी २० क्रिकेट १८ अक्टोबरबाट १५ नोभेम्बरसम्म खेलिने छ । महिला प्रतियोगिता चाहिँ २१ फ्रेबुअरीबाट सुरु भएर ८ मार्चसम्म आयोजना गरिनेछ ।

यो ट्रफीको अनावरणका लागि पुगे पनि करिना अहिले अक्षय कुमारसँग फिल्म गुड न्युजमा व्यस्त छिन् । यो फिल्म अर्को वर्ष डिसेम्बरमा रिलिज हुने भनिएको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार ११:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया