यु–१९ टिमको घोषणा

काठमाडौं– नेपाल फुटबल संघ (एन्फाले) एएफसी यु –१९ च्याम्पियनसिप छनोट खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको छ । 

आगामी ६ नोभेम्बरदेखि इरानमा हुने छनोट खेलका लागि यो टोलीको घोषणा गरिएको हो । छनोटमा नेपाल समूह डिमा रहेको छ । सो समुहमा नेपालसहित संयुक्त अरब इमिरेट्स, किर्गिस्थान तथा आयोजक इरान छन् । 

नेपालले ६ नोभेम्बरमा संयुक्त अरब इमिरेट्ससँगको खेलबाट प्रतियोगीताको सुरुवात गर्नेछ । त्यस्तै नोभेम्वर ८मा इरान तथा १० मा किर्गिस्थानसँग नेपालले खेल्ने छ ।

मेधराज केसी मुख्य प्रशिक्षक रहेको नेपाली टोली यस्तो छः

गोलरक्षक: विशाल सुनार,रोहित कार्कि, पुजन होना

डिफेन्डर: विशाल बस्नेत, सन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन



मिडफिल्डर: दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरङ, मनिष थापा,अनिल महर्जन, दिनेस हेम्जन

स्ट्राइकर: मनिष डाँगी, राजीव लोप्चन, रोजीन शुब्बा, दिनेस आलेमगर



  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १२:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया