विश्व फुटबलमा चम्किएका नयाँ अनुहार

एजेन्सी– लामो समय देखि विश्व फुटबलमा पुरानो फुटबल खेलाडीहरुको दबदबा कायम नै छ । फुटबलरहरु लियोनल मेसी, क्रिस्टियानो रानोल्डो, नेयमारलगायतले अहिले पनि संसारलाई आफ्नो फुटबल कौशल देखाइरहेका छन् र आफूप्रति विश्वको ध्यान तानिरहेका छन् । 

तर, विश्व फुटबलमा उनीहरुको मात्र चर्चा भइरहेको हुँदैन । राम्रो खेल खेल्ने नयाँ खेलाडीको चर्चाले पनि विश्वमा स्थान पाइरहेको हुन्छ । यही वर्षबाट विश्व फुटबलको चर्चामो आफ्नो नाम समावेश गर्न सफल चार खेलाडी हुन्ः

 

अन्सुमन फाती 

सन् २००२ अक्टोबर ३१ मा गिनी बिसाउमा जन्मिएका अन्सुमन फाती १७ वर्षका भए तर उनी आफ्नो खेल कौशलका कारण निकै चर्चामा छन् । अन्सुमनले यही वर्षबाट बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । उनको चर्चा भ्यालेन्सियाविरुद्धको खेलबाट हुन थाल्यो । यो खेलमा उनले एक गोल गरे भने एक गोलका लागि अवसर सिर्जना गरे । 

अहिलेसम्म उनले बार्सिलोनाका लागि ७ खेलमा दुई गोल गरेका छन् भने एक गोलका लागि अवसर सिर्जना गरेका छन् । फाती अहिले स्पेनको यु–२१ टिममा परेका छन् ।



 
रोड्रिगो 

रोड्रिगो पनि यसै वर्ष ब्राजिलियन क्लब सान्तोस एफसीबाट रियल मड्रिड आएका हुन् । सान्तोसबाट रियल आउँदा नै उनको निकै चर्चा भयो । ओसासुनाविरुद्धको डेब्यु खेलमा नै रोड्रिगो गोल गर्न सफल भएए ।



सन् २००१ जनावरी ९ मा ब्राजिलमा जन्मिएका उनी अहिले १८ वर्षका मात्र भए । उनको खेल्ने शैलीको सबैले चर्चा गरी रहेका छन् । रोड्रिगोले रियलका लागि ६ खेलबाट ३ गोल गरेका छन् । रोड्रिगो अहिले ब्राजिलको यु–२३ टोलीबाट पनि खेलिरहेका छन् । 

 

जाओ फिलिक्स

जाओ फिलिक्सको जन्म सन् १९९९ नोभेम्बर १० मा पोर्चुगलमा भएको हो । २० वर्षका फिलिक्सको खेल्ने शैलीलाई सबैले प्रशंसा गरेका छन् । उनी पनि यसै बर्ष पोर्चुगिज क्लब बेनिफिकाबाट एथ्लेटिको मड्रिड आइपुगेका हुन् । फिलिक्सले  गटाफेविरुद्धको डेब्यु खेलमा राम्रो पदर्शन गरे । उनले पहिलो गोल इवरविरुद्धको खेलमा गरे । उनले एथ्लेटिको मड्रिडको लागि ११ खेलमा ३ गोल गरेका छन् भने १ गोलका लागि अवसर सिर्जना गरेका छन् । फिलिक्स हाल पोर्चुगलको सिनियर टोलीबाट पनि खेलिरहेका छन् । 

 

टाकेफुसा कुबो

१८ वर्षका टाफुसो कुबो अहिले स्पेनिस क्लब आरसिडी मालोर्काबाट लोनमा खेलिरहेका छन् । सन् २००१ जुन ४ मा जापानमा जन्मिएका कुबोलाई यही वर्ष जापानीज क्लब एफसी टोकियोबाट रियल मड्रिडले अनुबन्धन गरेर लोनमा आरसिडी मालोर्का पठाएको थियो । रियलले उनलाई अनुबन्धन गर्दा निकै चर्चा भएको थियो । उनी सन् २०२० मा पुनः रियल फर्किनेछन् । कुबोलाई जापानिज मेसीको रुपमा पनि चिनिन्छ । उनले आरसिडी मालोर्काका लागि आठ खेलमा १ गोलका लागि अवसर सिर्जना गरेका छन् । कुबोले यही वर्ष जापानिज सिनियर टोलीबाट पनि डेब्यु गरिसकेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १९:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया