डबल मिनिङ जोक्स र तापसी पन्नु

एजेन्सी– बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो फिल्म ‘साँड कि आँख’लाई लिएर निकै चर्चामा छिन् । फिल्ममा अत्यन्त राम्रो अभिनय गरेकाले उनले बलिउडमा राम्रो स्थान पनि बनाएकी छिन् । अनि उनको चर्चा पनि चुलिएको छ । 

यहीबीच तापसीले आफूले सेक्स कमेडीबाहेक सबै फिल्ममा काम गर्ने बताएकी छिन् । ‘म कहिल्यै पनि महिलालाई हलुका रुपमा चित्रण गरिएका फिल्ममा काम गर्दिनँ,’ उनले भनेकी छिन्, ‘महिलालाई चुट्किला बनाउने फिल्म वा डबल मिनिङवाला फिल्मले मलाई कहिल्यै खुसी दिँदैनन् । म त्यस्तो काम गर्दिनँ ।’ उनले आफूले आइटम गीतहरुमा पनि काम नगर्ने बताएकी छिन् ।

तापसी अब फिल्म थप्पडमा काम गर्दैछिन् । यो फिल्म अनुभव सिन्हाले निर्देशन गरेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार २०:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया