विद्युत् लाइन नहुँदा गाउँ नै अन्धकारमा

विद्युत् लाइन विस्तार नहुँदा कञ्चनपुरको उत्तरी चुरे क्षेत्रसँग जोडिएको एउटा गाउँ नै अन्धकारमा रहेको छ । छिमेकी गाउँमा बिजुली भएपछि शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका बासिन्दा भने अन्धकारमा बस्न बाध्य छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कलुवापुर बजारदेखि करिब १२ किलोमिटर उत्तरमा रहेको पिल्लरीफाँटामा विद्युत् लाइन विस्तार हुन सकेको छैन । छिमेकी गाउँमा भने विद्युतीकरण भएको छ । चुरे भएर बग्ने बनहरा नदीपारिको कृष्णपुर नगरपालिका–१ दोमिल्ला गाउँमा झिलिमिली छ, भने वारिको पिल्लरीफाँटा अन्धकारमा रहेको स्थानीय बासिन्दाले गुनासो गरेको छन् । यो गाउँमा सात सय परिवार रहेका छन् । 

विद्युतीकरण नहुँदा उज्यालोसँगै अन्य सेवा तथा सुविधाबाट समेत वञ्चित हुनुपरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । कुटानी–पिसानी, सिँचाइका लागि मोटर जडान गर्न नसकएको स्थानीय दुबरदार चौधरीले बताए । ‘गर्मीमा असाध्यै गर्मी हुन्छ, चिसोमा असाध्यै चिसो हुन्छ । विद्युत् नहुँदा पंखा तथा हिटर चलाउन मिल्दैन,’ उनले भने, ‘मोबाइल चार्ज गर्न पनि अर्को गाउँमा जानुपर्छ ।’

केही स्थानीय बासिन्दाले सौर्यबत्ती जडान गरेका छन् । तैपनि, आर्थिक रूपमा विपन्न परिवार रहेका यहाँका अधिकांश बासिन्दाले सौर्यबत्ती पनि जाडन गर्न सकेका छैनन् । ‘उज्यालोका लागि काठ नै बाल्नुपर्छ । कसैले टुकीसम्म बाल्छन्,’ चौधरीले भने । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार ९:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया