प्रधानमन्त्रीको तेस्रोपटक डायलाइसिस आज, ग्रान्डी पुगे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको यही महिना तेस्रो पटक मिर्गौलाको डायलाइसिस आज गरिँदै छ । त्यसका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल जानेछन् । उनी अस्पताल जाने भएपछि आज बोलाइएको मन्त्रिपरिषद् बैठक पछाडिलाई सारिएको छ । ‘३ बजेका लागि बैठक सारिएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीको उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विषयमा यसअघि हिजो अर्थात् शनिबार सचिवालय बैठकमा टुङ्गो लागेको थिएन । त्यसका लागि आज बैठक बोलाइएको छ । तर, प्रधानमन्त्री ग्रान्डी जाने भएपछि यो बैठक के हुने हो भन्ने टुङ्गो छैन ।

शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई आफ्नो स्वास्थ्यअवस्थाबारे बिफ्रिङ गरेका थिए । उनले आफूले रिपोर्ट कुरिरहेको र चिकित्सहरुको सल्लाहबमोजिम अगाडि बढ्ने जानकारी दिएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पतालमा रहँदा नियमति चेकजाँच भन्दै उनको स्वास्थ्यअवस्थाबारे बाहिर जानकारी दिइएको थिएन । त्यसैले उनको सचिवालय र अस्पतालको चर्को आलोचना भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १०:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया