सुनकोशी नदीमा बस खस्दा ६ को मृत्यु, २० जना घाइते

काठमाडौं– दोलखाको देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार सुनकोशी नदीमा खसेकाे छ । बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेमा साे दुर्घटना भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हाे  । २० जनाको भने उद्धार गरिएको छ ।

घाइतेलाई बनेपा अस्पतालमा पठाइएको छ । बसमा कतिजना यात्रु थिए भन्ने यकिन नभएकाले अझै केही यात्रु पानीमा हराएको हुन सक्ने प्रहरीकाे भनाइ छ । बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको थियाे ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १५:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया