महराको थुनछेक बहस सोमबार फेरि हुने

काठमाडौं– संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबार नसकिएपछि सोमबार पनि हुने भएको छ ।

थुनछेक बहस सकिएपछि मात्रै महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गरेर भन्ने यकिन हुन्छ । जिल्ला अदालत काठमाडौंमा सुरु भएको बहसमा आइतबार चारजना सरकारी वकिलले बहस गरेका छन् ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हर िरेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सिर्जना ढकालले पीडित रोशनीको पक्षबाट बहस गरेका थिए । 

जबरजस्ती करणी फौजदारी मुद्दा भएकाले सरकारले नै पीडितको पक्षबाट मुद्दा लड्छ। महराका पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका थिए ।

महराको बयान गत शुक्रबार सकिएको थियो । सरकारी वकिल कार्यालयले उनलाई जबर्जस्ती करणीको कसुरमा बिहीबार मुद्दा दायर गरेको थियो ।






  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १७:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया