काठमाडाैं– नेपाली कांग्रेसले सरकारले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि आपत्ति जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेर एकलौटी शासनको अभ्यास गर्न खोजेको आरोप सरकारलाई लगाएका छन् ।
नेता पौडेलले सातवटै प्रदेश प्रमुख हटाएकोमा सामाजिक संजाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्, 'प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिष हो।' सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।