श्रीमान्‌ले श्रीमतीलाई ताताे तेलमा डुबाए

सिन्धुली– दुधौली नगरपालिका–४ मा आफ्नै श्रीमानले श्रीमतीलाई तातो तेलमा डुबाएका छन् ।

दुधौली नगरपालिका–४ एकहटिया बस्ने रितु सदाले घरायसी बादविवादकै कारण आफ्नै ३२ बर्षिय श्रीमती आशा सदालाई माछा तारी रहेको अवस्थामा निजकै श्रीमानले तातो तेलमा अनुहार डुबाइदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाका अनुसार तातो तेलमा अनुहार डुबाउदा पीडित आशाको दुबै आखा हेर्न नमिल्ने भएको छ भने अनुहारमा पुरै तेलको फोका उठेको छ।

तातो तेलमा आफ्नै श्रीमान्ले डुबाएपछि गम्भिर घाइते भएकी आशालाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र जिल्ला अस्पतालमा समेत उपचार हुन नसक्ने अवस्था देखिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए। तातो तेलमा श्रीमतीको अनुहार डुबाइदिने श्रीमान् भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १९:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया