बंगलादेशले भारतलाई सात विकेटले हरायो

काठमाडौं– भारत र बंगलादेशबीच भएको तीन म्याचको टी २० सिरिजमा पहिलो खेल भारतको दिल्लीको जेटली स्टेडियममा भयो । खेलमा मुशफिकुर रहिम र सौम्या सरकारले शानादार पारी खेल्दै भारतलाई पराजित गरे । बंगलादशले यो खेलमा भारतलाई सात विकेटले हराएको हो । 

यस जितका साथै तीन खेलको यो सिरिजमा बंगलादेशले १–०ले अग्रता लिएको छ । यो बंगलादेशका लागि विशेष खेल पनि भएको छ । किनकि उसले भारतलाई अन्तर्राष्ट्रि टी २० खेलमा पहिलो पटक हराएको हो । यसपभन्दा पहिले खेलिएका आठ खेलमा सधैं भारतले जित्दै आएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार २३:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया