इबोलाविरुद्ध जनचेतना फैलाएका पत्रकार मारिए

एजेन्सी– इबोलाविरुद्ध आफ्नो लेखन र आवाजलाई चर्को बनाएका कंगोका पत्रकार आफ्नै घरमा मारिएका छन् । पापी मुम्बेरे महाम्बालाई एक अपरिचित समूहले घरमा नै हत्या गरेको त्यहाँको सेनाले जनाएको छ । ती पत्रकारी श्रीमतीलाई घाइते बनाइएको छ र उनीहरुको घरमा आगो लगाइएको छ । 

अहिले कंगोमा विश्वकै सबैभन्दा ठूलो महामारीका रुपमा इबोला फैलिइरहेको छ । तर, इबोला संक्रमणबारे चेतना फैलाउने मानिसहरु त्यहाँ बारम्बार आक्रमणको शिकार बनेका छन् । 

महाम्बाले इबोलाबारे एक जनचेतना कार्यक्रम त्यहाँको सामुदायिक रेडियोमा चलाएका थिए । कार्यक्रम सकिएलगत्तै उनीमाथि आत्रमण भएको थियो । पछिल्लो समय एक वर्ष यतामात्र कंगोमा इबोलका कारण २ हजारभन्दा धेरेको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार २३:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया