जिल्लाबाहिरकाले प्युठानमा माैरी चराउन नपाउने

प्युठान नगरपालिका क्षेत्रमा जिल्लाबाहिरबाट आउने किसानले मौरी चराउन नपाउने भएका छन् । नगरपालिकाभित्रका मौरीपालक किसान र जिल्लाबाहिरबाट मौरी चराउन आएका किसानबीच विवाद समाधानका लागि बसेको बैठकले बाहिरबाट ल्याइएका मौरी चराउन नदिने निर्णय गरेको हो । 

नगरपालिकाका बाली संरक्षण अधिकृत चेतबहादुर विष्ट, मौरीपालक महासंघ प्युठान शाखा अध्यक्ष विष्णुबहादुर सारु, मौरीपालक महासंघ प्युठान नगरपालिका शाखा अध्यक्ष रामचन्द्र सुवेदी, मौरीपालक केन्द्रीय सहकारी संघका सदस्य डिमराज पोख्रेल र नेपाल मौरीपालक महासंघका पूर्वमहासचिव हेमबहादुर देवकोटाको संयुक्त छलफलपछि निर्णय भएको हो । 

छलफलले नगरपालिका क्षेत्रमा जिल्लाबाहिरबाट मौरी चरन गर्न ल्याउँदा चरन क्षेत्र अपुग हुने भएकाले मौरी किसानले कात्तिक मसान्तभित्रमा यस नगरपालिकाबाट मौरी अन्यत्र लैजाने निर्णय गरेको नगरपालिकाका बाली संरक्षण अधिकृत चेतबहादुर विष्टले जानकारी दिए । मसान्तसम्म नहटाए आवश्यक कारबाहीसमेत गर्ने सहमति भएको उनले बताए । 

छलफलमा आगामी वर्षमा जिल्लाबाहिरबाट नगरपालिकामा मौरी चरनका लागि आउँदा जिल्ला महासंघ, नगरपालिकास्तरीय मौरीपालक महासंघ, स्थानीय कृषक र नगरपालिकाको सहमतिमा चरन क्षेत्रको आवश्यक प्राविधिक अध्ययनपछि मात्र निर्णय गर्ने सहमति गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया