विश्वकै सबैभन्दा ठूलो आइपिओ सार्वजनिक गर्दै अरामको

एजेन्सी– साउदी अरबको तेल कम्पनी अरामकोले आइतबार शेयर बजारमा सूचीबद्ध हुनका लागि आइपिओ ल्याउने घोषणा गरेको छ । यसअघि साउदी अरबले यसबारे घोषणा गरिसकेको थियो । त्यसछि लामो समयदेखि अरामकोको आइपिओ सार्वजनिक हुने प्रतिक्षा गरिएको थियो ।

साउदी अरामको आइपिओ विश्वकै सबैभन्दा ठूलो आइपिओ हुने मानिएको छ । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले लामो समयदेखि आफ्नो देशको तेलमा निर्भर अर्थव्यवस्थामा परिवर्तन ल्याउने महत्वाकांक्षा अगाडि सारेका हुन् । 

यसअघि सन् २०१४ मा आइपिओ जारी गरेर सबैभन्दा धेरै रकम अलिबाबा कम्पनीले जुटाएको थियो ।

तर, आइपिओ सार्वजनिक गर्ने भए पनि अरामको अहिलेसम्म बजारमा बेच्ने शेयर संख्याको खुलासा गरेको छैन । ऊर्जा क्षेत्रका दिग्गज कम्पनीहरुले अरामको आइपिओ जारी गर्ने विषयलाई ऐतिहासिक कदम बताएका छन् । किनकि विश्वमा आवश्यक कच्चा तेलको आपूर्तिमा अरामकोको १० प्रतिशत शेयर हिस्सा छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ११:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया