एजेन्सी– बलिउड अभिनेत्री कृति सेनन अहिले प्रफुल्ल छिन् । उनी प्रफुल्ल हुनुको कारण हो, उनको फिल्मले राम्रो गर्नु । फिल्म हाउसफुल ४ को सफलताको उत्सव मनाइरहेकी कृतिले चाहिँ आफूलाई बलिउडको हिस्सा माने पनि आउटसाइडर मान्छिन् ।
‘मेरो अहिले पनि कोही छैन जसले मलाई प्रत्येक फिल्ममा ब्याकअप गरोस्,’ उनले भनेकी छिन्, ‘म एक्लै यो यात्रामा छु, मलाई यसमा मज्जा आइरहेको छ ।’ उनले आफूले प्रत्येक फिल्ममा आफूलाई खोज्न प्रयास गरिरहेको पनि बताएकी छिन् ।
उनले अभिनेत्री बन्ने वा अभिनय गर्ने आफ्नो बाल्यकालको सपना नभएको पनि बताएकी छिन् । आफूले यसअघि अभिनय नसिकेको भन्दै उनले आफूले गर्ने काममा चाहिँ मिहनेत गर्ने पनि बताएकी छिन् ।
भारतीय मिडियामा दिएको अन्तर्वार्तामा कृतिले आफू प्रेमसँग नभाग्ने पनि बताएकी छिन् । ‘प्रेम जब हुन्छ, आफैं हुन्छ,’ उनले भनेकी छिन्, ‘यो खोज्ने कुरा होइन, आफैं हुने कुरा हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।