प्रियंकाको मास्क लगाएको फोटो ट्रोल्ड

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि दिल्लीमा छिन् । अनि दिल्लीमा वायु प्रदुषणका कारण निकै समस्या भइरहेकाले उनले पनि मास्क लगाएको एउटा तस्वीर सामाजिक सन्जाल इन्स्टाग्राममा हालेकी छिन् । तर, उनका प्रशंसकले नै यसलाई उडाउन थालेका छन्, यसमाथि ट्रोल गर्न थालेका छन् । 

प्रियंकाले मास्क लगाएको तस्वीर इन्स्टाग्राममा राख्दै दिल्लीमा प्रदुषणका कारण आफूलाई निकै समस्या भएको बताएकी थिइन् । तर, त्यसैले मानिसहरुले ट्रोल गरिदिएका छन् । उनले फोटोमा आफ्ना प्रशंसकलाई पनि प्रदुषणबाट बच्न अनुरोध गरेकी छिन् । 

तर, उनकै प्रशंसकले उनले चुरोट खाने गरेको स्मरण गराउँदै अनेक थोक लेखेका छन् । ‘अनि सिगरेट पिउने बानी चाहिँ के भएको छ नि,’ मानिसहरुले उनलाई भनेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ११:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया