बझाङमा सुरुङभित्र चार कामदार फसे

बझाङ– बझाङको बुंगल क्षेत्रमा निर्माणाधीन कालंगा हाइड्रो पावरमा काम गरिरहेका चार कामदार सुरुङमा फसेका छन् । आइतबार दिउँसो सुरुङ भित्र काम गर्न गएका उनीहरुको अवस्थाबारे जानकारी बाहिर आएको छैन । 

सुरुङ भित्र गएपछि अक्सिजन अभावमा उनीहरु फसेका हुन् । प्रहरीका अनुसार ६ जना कामदार सुरुङभित्र काम गर्न गएका थिए । अक्सीजन अभाव भएपछि दुई जना फर्किए । तर, चारजनाको अवस्था अज्ञात रहेको छ । डिएसपी गणेबबहादुर बमका अनुसार हराइरहेकामा दैलेख जिल्ला गुराँस गाँउपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिया महेन्द्र शाहि, सो गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ बर्षीय महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ बर्षीय शेर सिंह धामी हुन् । 

घटना भएको जानकारी भएपछि जिल्ला बाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र  प्रहरी र नेपाल प्रहरीसहितको टोली घटनास्थलतर्फ गएको छ । आठ सय मिटर लम्बाई सुरुङ भएकाले त्यहाँ भित्र अक्सिजनको पनि अभाव हुँदा उद्धारमा समस्या भएको हो । 

विगत ५ बर्ष देखि निर्माण कार्य सुरु भएको सानीगाड हाईड्रो प्रा।लि। ले यो आयोजनामा काम गरिरहेको हो । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ११:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया