दिल्लीमा प्रदुषणभन्दा भारतीय बलर कडाः बंगलादेशी क्रिकेटर

एजेन्सी– बंगलादेशले भारतको तीन टी २० सिरिजको पहिलो खेलमा सात विकेटले हरायो । यो खेल आइतबार दिल्लीमा खेलिएको थियो । दिल्लीको प्रदुषण अत्यन्त बढी भएपछि त्यहाँ हेल्थ इमरजेन्सी लगाइएको छ । यही खेलमा म्यान अफ द म्याच बनेका थिए, बंगलादेशका मुशफिकुर रहीम ।

उनी म्यान अफ द म्याच भएपछि उनलाई प्रदुषणको विषयमा पनि सोधिएको थियो । यसको जवाफमा चाहिँ उनले भने, ‘मलाई त प्रदुषणको चिन्ता छैन, भारतका बलर सामना गर्ने चिन्ता छ । प्रदुषणभन्दा भारतका बलर झन् कडा छन् ।’

बंगलादेशले पहिलो पटक भारतलाई टी २० मा जितेको हो । त्यसैले यो खेललाई भारत र पाकिस्तानमा ऐतिहासिक बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ११:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया