सुनकोशी बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत

मेलम्ची– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सोमबार नेपालथोकमा एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

सनाखत भएकाहरुमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पन्ध्रजनाको घटनास्थलमा तथा दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

सनाखत भएकामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ का ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ का ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र  २० वर्षीया कविता राउत छन् । 

यस्तै, सैलुङ गाउँपालिका–३ का ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ का ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाका २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुंगेश्वरी–५ का ३८ वर्षीय सानु राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटिहानीका ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए ।

नदीले बगाएको हुन सक्ने भएकाले यात्रुको खोजी जारी रहेकाे उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १५:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया