महराको थुनछेक बहस सकियो, मुद्दा अघि बढाउने वा थुनामुक्त गर्नेबारे केहीबेरमा आदेश हुने

काठमाडौं– संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको बहस आज सकिएको हो । महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गर्ने भन्नेबारे बहस भएको थियो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चारजना सरकारी वकिलले बहस गरेका थिए ।

पीडित रोशनी शाहीको पक्षबाट काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधीवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधीवक्ता उमाकान्त पौडेल र हरि रेग्मी तथा सहजिल्ला न्यायाधीवक्ता सृजना ढकालले बहस गरेका थिए । प्रतिवादी महराका पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए । 

महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गर्ने भन्नेबारे अब केहीबेरमा आदेश हुने बताइएको छ । 






  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १६:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया