डा. गोविन्द केसीद्वारा डडेल्धुराबाट अर्को अनशनको तयारी

काडमाडौं– मेडिकल शिक्षा सुधारका पक्षमा पटक–पटक अनशन बस्दै आएका डा. गोविन्द केसी अर्को अनशन बस्न भन्दै सोमबार डडेल्धुरा पुगेका छन् । अनिवार्य अवकाशमा बसेकै दिन उनले छिटै अनशन बस्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । 

सोमबार केसी आफ्ना सहयोगीलाई पनि थाहा नदिई डडेल्धुरा पुगेका छन् । उनले सहयोगीलाई पनि डडेल्धुरा पुगेपछि मात्र खबर गरेका थिए ।

यसअघि उनले नेपाल चिकित्सक संघको भवनमा अनसन बस्ने तयारी गरेको भए पनि उनी एक्कासि डडेल्धुरा पुग्दा केसीका सहयोगी नै अचम्मित बनेका छन् । 

अनशनको तयारीका क्रममा डा. केसीले सोमबारै जिल्ला अस्पताल डडेल्धुरामा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराएका छन् । 






  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १६:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया