काठमाडौं– बलात्कार प्रयासका अभियुक्त पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो आदेश दिएको हो । महरालाई डिल्लीबजार कारागार पठाउने आदेश भएको छ ।
महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गर्ने भन्नेबारे आइतबार सुरु भएको बहस आज सकिएको थियो । महरालाई थुनामा पठाएर मुद्दा अघि बढाउने वा थुनामुक्त गर्ने भन्नेबारे बहस भएको थियो ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज चारजना सरकारी वकिलले बहस गरेका थिए । सो बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।