एजेन्सी– पिन्जर, सलाम ए इश्क तथा विवाह ऐसा भीजस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री इशा कोप्पिकरले अहिले आएर ठूलो खुलासा गरेकी छिन् । उनले आफूलाई एक समयमा सुपरस्टारले नै गलत व्यवहार गर्न खोजेको आरोप पनि लगाएकी छिन् ।
‘मेरो गलत फाइदा उठाउन खोजिएको थियो, त्यति बेला म १५ वर्षकी मात्र थिएँ,’ उनले एक इन्टरटेनमेन्ट वेबसाइटलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘निर्माताले नै मलाई ती अभिनेतासम्म जान सल्लाह दिएका थिए । तर, म गइनँ ।’
उनले ती सुपरस्टारको नाम चाहिँ लिएकी छैनन् । बरु उल्टै ती सुपरस्टारले बोलाउँदा आफू एक्लै आउन नसक्ने बताएको जवाफ उक्त अन्तर्वार्तामा दिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।