महिला कर्मचारीलाई जिउँदै जलाइयो

एजेन्सी– भारतको तेलंगानामा सोमबार एउटा नमीठो घटना भएको छ । यसले त्यहाँको माहोल निराश मात्र होइन, आक्रोशित पनि बनाएको छ । यो घटना त्यहाँको राजश्व विभागमा काम गर्ने एक महिला अधिकारीमाथि जिउँदै जलाइएको घटना हो । 

जसले ती महिला अधिकारीमाथि आगो लगाएका थिए, उनले आफ्नो जग्गासम्बन्धी रेकर्ड राम्रोसँग नराखिएको आरोप लगाइरहेका छन् । प्रहरीका अनुसार विजया रेड्डी आफ्नै च्याम्बरमा हुँदा त्यहाँ पुगेका ती युवाले पेट्रोल छर्किएर आगो लगाइदिएका थिए । 

आगलागीका कारण ती महिला अधिकारीको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । ती युवा कार्यालयमा पुग्दा त्यहाँ खासै धेरै मानिस नभएको र महिलालाई अस्पताल पुर्याउन ढिला हुँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २२:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया