पत्नीले नै अक्षयको फिल्म नहेर्ने !

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको लिड रोल रहेको फिल्म हाउफुल ४ दीपावलीको अवसरमा रिलिज भयो । फिल्मले बक्स अफिसमा पनि राम्रो गर्यो । यो फिल्मले अहिलेसम्म सय करोड भारतीय रुपैयाँ कमाइसकेको छ । यसलाई अक्षयको हिट फिल्ममा पनि गनिएको छ । 

यसको अर्थ हो, यो फिल्म दर्शकले मन पराएका छन् । 

विडम्बना ! यही फिल्म अक्षयकी पत्नी अर्थात् बलिउड अभिनेत्री ट्विंकल खन्नाले चाहिँ नहेर्ने बताएकी छिन् । अक्षय कुमारले नै यो कुराको खुलासा गरेका हुन् । उनले बिबिसी हिन्दीसँग कुरा गर्दै ट्विंकललाई यस्ता खाले फिल्म मनै नपर्ने भएकाले उनले नहेर्ने बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २३:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया