इरानमा मनाइयो अमेरिकासँग सम्बन्ध टुटेकोमा उत्सव

एजेन्सी– इरानमा अमेरिकासँग सम्बन्ध टुटेको ४० वर्ष पुगेको उपलक्ष्यमा उत्सव मनाइएको छ । यो सोमबार उत्सव मनाइएको हो । यसका लागि त्यहाँ पुरानो अमेरिकी दूतावासको ढोकामा अमेरिकाविरुद्ध केही नयाँ चित्रहरु बनाइएको छ ।

यो दूतावासलाई इरानले जासुसको गुफा नाम दिएका छन् र यसलाई संग्रहालयमा परिवर्तन गरिदिएका छन् । यसको ढोकामा बनाइएको नयाँ चित्रमा अमेरिकालाई युद्ध चाहने देश र विश्वलाई आफ्नो मुठ्ठीमा पार्न दुस्प्रयास गरिरहेको रुपमा संकेत गरिएको छ ।

इरानका रिभोलुसनरी गार्डका प्रमुख मेजर जनरल हुसेन सलामीले यो नयाँ ढोकालाई त्यहाँका सर्वसाधरणका पनि खोलेका छन् । सलामीले यो विशेष कार्यक्रममा अमेकिराले सन् १८४५ मा जापानमा दुई परमाणु हतियार प्रयोग गरेको तर अन्य देशलाई र विशेष गरि इरानलाई परमाणु कार्यक्रमबाट लाभ उठाउनबाट रोकेको आरोप पनि लगाएका छन् । 

इरानले सन् १९८० मा अमेरिकासँगको कुटनीतिक सम्बन्ध टुटेको घोषणा गरेको थियो । 

त्यसअघि अमेरिका बस्दै आएको दूतावासमा यसपटक स्ट्याचु अफ लिबर्टीको हातमा मसाल राखिएको र त्यो मसाल टुटेको देखाइएको छ । अर्को एउटा चित्रमा अमेरिकी ड्रोन देखाइएको छ । यो ड्रोन जुनमा इरानमा खसाइएको थियो । अर्को चित्रमा चाहिँ इरानको विमान देखाइएको छ जसलाई अमेरिकाले गल्तीले ध्वस्त गर्दा २ सय ९० जनाको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार २३:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया