दाइजो विवादमा गर्भवती महिलालाई पति र सासू मिलेर जलाए !

एजेन्सी– केही महिनायता तराइका विभिन्न क्षेत्रमा दाइजोको विषयमा भएका अपराधका घटना कम हुँदै गएका छन् । तर, अहिले पनि दाइजोका कारण हिंसा भोग्न बाध्य महिलाको कमी छैन । 

यो घटना चाहिँ भारतको गन्जाम जिल्लाको हो । त्यहाँ दाइजोको विषयलाई लिएर चार महिने गर्भवती श्रीमतीमाथि पतिले नै आगो लगाएका छन् । उनलाई ६५ वर्षकी आमाले पनि यसमा साथ दिएको आरोपमा प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।

आगो लागेपछि तत्काल अस्पताल पुर्याइएकी ती महिलाको स्वास्थ चाहिँ सुधार हुँदै गएको अस्पतालले जनाएको छ । २५ वर्षकी यी युवतीको परिवारले विवाहमा बेहुलालाई ४० हजार दिएका थिए । तर, उनका पतिले पहिले ८० हजार दिने कबुल गरेको भन्दै श्रीमतीलाई यातना दिएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया