धवलशम्शेर राणालाई स्वागत गर्न नेकपा आतुर छ : प्रचण्ड

नेपालगञ्ज– राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवलशम्शेर राणालाई आफ्नो पार्टीमा आउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निम्तो दिएका छन् ।

प्रचण्ड र राणा मंगलबार बाँकेमा आयोजित कार्यक्रममा एउटै कार्यक्रममा सहभागी थिए । राणा पूर्वएमालेका नेता मात्र नभई पहिलो शान्ति वार्तामा व्यवस्थापकीय सहयोग गर्ने व्यक्तिसमेत भएको भन्दै प्रचण्डले भने, ‘आफ्नो मूलमा आउनेबारे सोच्न आग्रह गर्छु ।’ 

प्रचण्डले यसी सार्वजनिक रुपमा निम्ता गरेपछि त्यहाँ उपस्थित सहभागीले ताली बजाएका थिए । सहभागीले ताली सुनेर उत्साहित बनेका प्रचण्डले राणालाई स्वागत गर्न नेकपा कार्यकर्ता तयार रहेको बताए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १७:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया