फ्यानले बेरोजगार भनेपछि अभिषेकले दिए यस्तो जवाफ

एजेन्सी– बलिउड अभिनेता अभिषेक बच्चनलाई भारतमा उनकै प्रशंसकहरुले उडाउने गरेका छन् । तर, यसपटक चाहिँ उनले त्यसरी रमाइलो गर्ने एक प्रशंसकको मुख बन्द गरिदिएका छन् । यो कुरा ट्विटरमा भएको हो । 

अभिषेकले आफ्नो ट्विटरमा मन्डे मोटिभेसन भन्दै एउटा पोस्ट राखेका थिए । त्यसमा उनका एक प्रशंसकले सोमबार पोस्ट गर्ने व्यक्ति पक्कै बेरोजगार हुनुपर्छ भन्ने आशयको जवाफ लेखे । अनि अभिषेकले पनि जवाफ लेखिदिए, ‘बेरोजगार होइन, सोमबार पनि खुसी हुने मान्छेले त आफूले गरिरहेको कामलाई अत्यन्त प्रेम पो गर्छ !’

यति भनिसकेपछि अभिषेकका अन्य फ्यानहरु पनि उनको साथमा देखिन थाले । तर, उनीमाथि ट्रोल बनाउनेहरु चुपचाप हुन बाध्य भए । 

अहिले अभिषेक बेरोजगार पनि छैनन् । उनले दुई फिल्ममा काम गरिरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २१:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया