किन मनाइन्छ नो सेभ नोभेम्बर ?

काठमाडौं– नोभेम्बर महिना सुरु भइसकेको छ । नेपालमा सामाजिक सन्जालमा पनि केही प्रयोगकर्ताहरुले नोसेभ नोभेम्बर भन्दै दाह्री नकाटेको तस्वीर राख्न थालेका छन् । 

तर, यस्तो नेपालमा मात्र होइन, अमेरिकासहित अन्य पश्चिमी देशमा पनि गरिन्छ । अनि पछिल्लो समय यसबारे जान्ने उत्सुकता भएकाले मानिसहरुले गुगलमा यसबारे निकै धेरै खोजेको विभिन्न रिपोर्टले जनाएका छन् । 

तर, खासमा किन मनाइन्छ त नोसेभ नोभेम्बर ? विश्वभर किन नोभेम्बर महिनामा दाह्री वा कपाल नकाट्ने अभियान चलाइन्छ ? 

यो कुनै कम्पिटिसन वा प्रतियोगिता होइन । तर, क्यान्सरप्रति जागरुगता फैलाउन गरिएको हो । 

अनि यो कन्सेप्टलाई पहिलो पटक अमेरिकामा रहेको म्याथ्यु हिल फाउन्डेसनले ल्याएको हो । यो संस्था क्यान्सरप्रति जागरुकता फैलाउनका लागि काम गरिरहेको छ । यही संस्थाको क्यान्सरप्रति जागरुकता फैलाउने अभियानमध्ये एक हो, नोसोभ नोभेम्बर । 

हिल फाउन्डेसनको वेबसाइटमा राखिएअनुसार क्यान्सरको उपचारको समयमा बिरामीको कपाल निकै धेरै झर्छ । त्यस्ता बिरामीहरुका लागि सहभानुभूति प्रकट गर्न यो अभियान सुरु गरिएको हो । 



यो अभियान सन् २००९ देखि सुरु भएको हो । 

नोसेभ नोभेम्बरको एक मात्र उद्देश्य क्यान्सरप्रति जागरुगता फैलाउनु र बिरामीलाई आर्थिक मद्दत गर्नु हो । मानिसहरुले यो महिनामा दाह्री कपाल नकाटेर त्यसको पैसा बचाएर हिल फाउन्डेसनलाई दान गर्ने र त्यसले क्यान्सर रोगीहरुको हेरचाहमा खर्च गर्ने उद्देश्यका साथ यो अभियान सुरु भएको हो । 



यो अभियानका नियमहरु अत्यन्त सरल छन् । यसको एउटै कुरा हो– नोभेम्बर महिनाका ३० दिन कपाल वा दाह्री नकाट्ने । र, त्यसबाट बचेको पैसा दान गर्ने । अनि हिल फाउन्डेसनले नै अर्को उपाय पनि दिएको छ– यदि यसले अफिसमा अप्ठ्यारो पर्छ भने ट्रिम गरेर मात्र काम चलाउने ।

हिल फाउन्डेसनले त बरु यो अभियानमा जोडिएको विषयमा जानकारी मात्र दिने हो भने पनि अफिसमा हाकिम वा स्कुलमा शिक्षकहरु पनि यसका लागि प्रेरित हुने र त्यसले झन् राम्रो हुने जनाएको छ । 

म्याथ्यु हिल फाउन्डेसनले सन् २००९ देखि नोसेभ नोभेम्बर अभियानबाट ५ मिलियन डलर कमाएको जनाएको छ । उसले यो पैसा पनि क्यान्सरबारे रिसर्च गर्न खर्च गरेको जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २३:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया