हब इन्टरनेसनल एजुकेसनकाे युके फेयर १० नाेभेम्बरमा

काठमाडौं– उच्च शिक्षा अध्ययनका लागि बेलायत पढ्न जाने विद्यार्थीहरुमा भएका जिज्ञासा सम्बोधन गर्न हब इन्टरनेसनल एजुकेसनले युके फेयरको आयोजना गरेको छ । 

हबकै कार्यालयमा १० नोभेम्बरमा हुने यो फेयरमा बेलायतका १५ विश्वविद्यालयका प्रतिनिधि सहभागि हुँदैछन् । यो फेयरमा ब्रिटिस काउन्सिलको पनि सहभागिता हुने हब इन्टरनेसनलका प्रबन्ध निर्देशक उद्धव खड्काले जानकारी दिएका छन् ।

‘युके पढ्न चाहने विद्यार्थीहरुका लागि लक्षित गरेर उनीहरुका समस्या समाधान हुन् भन्ने उद्देश्यले हामीले यो फेयर गर्न लागेका हौँ,’ खड्काले भने, ‘हामीले फेयरमा किन युकेमा पढ्ने, युकेमा पढ्दा के हुन्छ भन्ने विषयमा मात्र होइन, विद्यार्थीको करिअरसँग सम्बन्धित काउन्सिलिङ पनि गर्नेछौँ ।’

फेयरमा युकेबाट युनिभर्सिटी अफ सेन्ट्रल ल्यान्कसायर, मिडलसेक्स युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्ट लन्डन, स्वान्जी विश्वविद्यालय, वुल्भर ह्यमटनलगायतबाट प्रतिनिधि नेपाल आउँदै छन् । ‘यी विश्वविद्यालय विश्वकै राम्रा विश्वविद्यालयमा पर्छन्,’ खड्काले भने, ‘त्यहाँबाट आएका प्रतिनिधिलाई मात्रै भेट्दा पनि विद्यार्थीलाई ठूलो फाइदा पुग्ने अपेक्षा हामीले लिएका छौँ ।’

हबले आफ्नो स्थापना कालदेखि नै युकेका राम्रा विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि पठाउँदै आएको छ । ‘हाम्रो यो १३ वर्षको अनुभवमा अहिले युके ग्य्राजुएट उमा कार्की सिनियर एडभाइजरका रुपमा जोडिनु भएको छ,’ खड्काले भने, ‘यसले युकेको शिक्षाबारे हामीले अझ प्रभावकारी रुपमा विद्यार्थीहरुलाई सहयोग गर्न सक्ने विश्वास लिएका छौँ ।’  

१० नोभेम्बरमा गर्न लागेको फेयरमा हबले एकजनालाई विशेष उपहार र त्यहाँ पुग्ने विद्यार्थीहरुलाई विशेष गिफ्ट ह्याम्पर पनि उपलब्ध गराउने जनाएको छ । यो फेयरमा सहभागी हुन पैसा लाग्दैन । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १४:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया