धनराज पछि हटे, कास्कीमा खेमराज कांग्रेस उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की प्रतिनिधिसभा क्षेत्र २ मा स्थानीय नेता खेमराज पौडेललाई उठाउने तयारी गरेको छ । यसअघि केन्द्रीय सदस्य धनराज गुरुङको चर्चा भए पनि गुरुङले स्थानीय नेतालाई नै अघि बढाउन भन्दै पछि हटेका थिए ।

त्यसो त कास्की कांग्रेसका नेताहरूले पनि जो बने पनि स्थानीय नेता नै उम्मेदवार बन्नुपर्ने माग राख्दै आएका थिए । जिल्लाबाहिरकालाई उम्मेदवार बनाएको ख०डमा आफूहरूले असहयोग गर्ने उनीहरूको चेतावनी थियो ।

कांगेसले केही दिनअघि उम्मेदवार चयनको जिम्मा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित केन्द्रीय पदाधिकारीलाई दिने निर्णय गरेको थियो । सोहीबमोजिम बुधबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । 

तर, बैठकबाट उम्मेदवार टुंगो नलागेपछि सो जिम्मा सभापति देउवालाई नै दिइएको छ। पदाधिकारी बैठक स्थलबाट वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला बाहिरिसकेका छन् ।

यसअघि देउवाले धनराज गुरुङलाई उम्मेदवार बन्न आग्रह गरेका थिए । धनराज बाहिरिएपछि देउवाले नै खेमराजलाई उम्मेदवार बनाउने प्रस्ताव बैठकमा राखेका थिए । यद्यपि यसबारे औपचारिक निर्णय भइनसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १५:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया