भारतको प्रस्टीकरण– नयाँ नक्सामा नेपालसँगको सीमा हेरफेर गरेका छैनौँ

काठमाडौं– भारतले पछिल्लोपटक सार्वजनिक गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको दाबी गरेको छ ।

केही दिनअघि सार्वजनिक भारतको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारततर्फ पर्ने गरी नक्सांकन गरिएको भन्दै नेपालमा व्यापक विरोध भइरहेको छ । नेपालका सबैजसो दल र सरकारले पनि भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाइसकेका छन् । 

यसैबीच, भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालले जनाएको आपत्तिबारे भारतको आधिकारिक धारणा मागिएको थियो ।

जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले आफ्नो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको भन्दै सीमामा कुनै हेरफेर नगरिएको प्रस्टीकरण दिए । 
नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने भन्दै उनले सीमा विवादको विषय दुई देशबीचको सम्बन्ध बिगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत हुन आग्रह गरे । 

भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएपछि नेपालमा विरोध सुरु भएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १७:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया