Wed, 13 Nov, 2019


भारतीय नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए सर्वपक्षीय बैठक
फरकधार / कात्तिक २२, २०७६

काठमाडौं– भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत क्षेत्र पारेकोबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् ।



प्रधानमन्त्री ओलीले सो बैठक शनिबार ४ बजेका बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । अर्यालका अनुसार बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । 

भारतले भखैरै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुराको केही भूभाग पारेको छ । सो विषयलाई लिएर सामाजिक सञ्जाललगायत सर्वत्र भारत सरकारको विरोध भइरहेको छ । 
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्