काठमाडौं– मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाललाई एमसिसीले दुई सय आठ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
एमसिसीले नेपाललाई तीन सय ९३ रनको फराकिलो लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालले ४० ओभर ३ बलमा अल आउट हुँदै १ सय ८४ रन मात्रै समेट्न सक्यो । खेलमा सोमपाल कामीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
उनको अर्धशतकीय इनिङ्स टिमलाई जित दिलाउन सफल भएन । त्यसैगरी राजु रिजालले ३१ रन, सन्दीप लामिछानेले २५ रन जोडन भ्याए । शरद भेषवाकरले १४ रन तथा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट भएका थिए ।
एमसिसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यान ३९, तथा एड योङले ३१ रन बनाएका थिए भने विल रोड्सले ३० रन बनाए । एमसिसीका यासिरा अराफाट ६५ रनमा अविजित रहे भने टम वेस्टलीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।