काउलीका पनि फाइदा छन् है !

एजेन्सी– सायद काउली त्यस्तो तरकारी हो, जसको स्वाद सबैलाई मन पर्छ । नेपालीमा भान्सामा आजभोलि सायद सबैभन्दा बढी पाक्ने तरकारी हो, काउली  । 

तर, स्वादका लागि मात्र होइन, काउली त स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ भन्ने धेरैलाई ज्ञान नहुन सक्छ ।

काउली स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ किनकि यसमा हुने फाइबर, भिटामिन एन्टिअक्सिडेन्ट र मिलरल्स पर्याप्त मात्रामा पाइन्छ । यो क्याल्सियम, आइरन, म्याग्नेसियम र पोटासियमजस्ता खनिजहरुको पनि राम्रो स्रोत हो । 

काउलीको जरा, पात र फूल पानीमा पकाएर बिहान र बेलुका खाने हो भने यसले पेट दुख्ने समस्या पनि केही हदसम्म समाधान गर्छ । हाम्रो छालामा आउने ससाना कोठीहरुमा काउलीको रस लगाउँदा ती हराउँदै जान्छन् ।

मधुमेहका बिरामीलाई काउलीको तरकारी सेवन लाभदायी हुन्छ । जन्डिसका बिरामीहरुको लागि पनि काउलीको तरकारी फइदाजनक हुन्छ । पिसाब पोल्ने समस्या, कोलस्ट्रोल भएकाहरुले पनि काउलीलाई प्राथमिकता दिँदा राम्रो हुन्छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार २०:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया