अर्बपति जो राष्ट्रपति निर्वाचन लडेर ट्रम्पलाई टक्कर दिन चाहन्छन्

एजेन्सी– अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि अभियानहरु सुरु भएका छन् । अब यो अभियानमा आफूलाई पनि समावेश गराउँदै छन्, अर्बपति माइकल ब्लुमबर्ग । 

उनले फेरि राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको विभिन्न स्रोतको हवाला दिँदै बिबिसीले लेखेको छ । 

ब्लुमबर्ग यसअघि न्युयोर्कका मेयर पनि भएका थिए । डोनाल्ड ट्रम्पलाई जित्नका लागि डेमोक्रेटिक पार्टीबाट सक्षम उम्मेदवार नदेखिएको भन्दै ब्लुमबर्गले आफूलाई निर्वाचनमा होम्ने प्रयास गरेका हुन् । 

७७ वर्षका ब्लुमबर्गले सबै कागजी प्रक्रिया सकाएर शुक्रबार नै अलाबामालाई प्राथमिक आधार बनाएर राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो काम सुरु गर्ने बताइएको छ । तर, यसबारे अन्तिम निर्णय आउन बाँकी रहेको उनका सल्लाहकारहरुले बताएका छन् । 

उनले अलबामामा उम्मेदवारी दिन पाएको खण्डमा अन्य प्रान्तमा पनि उम्मेदवारी दिनु पर्ने हुन्छ । डेमोक्रेटिक ह्वाइट हाउस प्रतिनिधका लागि अर्को वर्ष फ्रेबुअरीबाट निर्वाचन सुरु हुँदैछ ।

अहिले डेमोक्रेटिक पार्टीबाट १७ जनाले आफूलाई राष्ट्रपतीय उम्मेदवारका रुपमा अथ्र्याउन थालेका छन् । पूवउपराष्ट्रपति जो वाइडेन, इलिजाबेथ वारेन र बर्नी स्यान्डर्सले यसपटक डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी पाउन सक्ने अनुमान गरिएको छ ।



तर, ब्लुमबर्गलाई चुनावी प्रतिस्पर्धामा आउनका लागि वारेनले स्वागत गरिसकेकी छिन् ।  

केही सर्वेहरुले चाहिँ यसपटक राष्ट्रपति निर्वाचनमा ट्रम्पका कडा प्रतिस्पर्धीका रुपमा बर्नी स्यान्डर्स हुने अनुमान बाहिर निकालिसकेका छन् ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार ०:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया