मोटोपना घटाउन अपनाउनुहोस् खाद्य अनुशासन

अहिले धेरै मानिसहरुमा मोटोपना एउटा खतरनाक समस्याको रुपमा देखा पर्न थालेको छ । हामीले दैनिक खाने खानामा लापरवाही गर्दा मोटोपना हुनेगर्छ । मोटोपनाले मधुमेह, उच्च रक्तचाप जस्ता अन्य रोगहरु निम्त्याउने पनि गर्छ । 

हाम्रो शरीरलाई दैनिक रुपमा सन्तुलित भोजनको आवश्यकता पर्छ । पुरुषलाई औसतमा दैनिक २४०० र महिलालाई २००० क्यालोरी आवश्यकता पर्छ । शरीरको तौल काम तथा एक्सरसाइज गर्दा २० प्रतिशतमात्र घट्ने गर्छ । ८० प्रतिशत तौल हामीले खानपानमा ध्यान दिने हो भने पनि घटाउन सकिन्छ । 

हामीले खानामा हरियो साग सब्जीहरु खाँदा मोटोपना छिट्टै नियन्त्रणमा आउँछ । पालुङ्गो, बन्दा, चुकन्दर र सलगमको सागमा एन्टिअक्सिडेन्ट तथा मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । यस्ता साग सब्जीहरुमा क्यालोरीको मात्रा कम र कार्बोहाइड्रेट तथा फाइबरको मात्रा बढी हुन्छ । त्यसकारण यसको प्रयोगले मोटोपना हुन दिँदैन र निरन्तर प्रयोगले मोटोपना कम गर्न समेत मद्दत गर्छ । 

आलु खाने भन्ने बित्तिकै मान्छेहरु आफ्नो तौल बढ्ने अनुमान लगाउँछन् । तर जैतुनको तेलमा आलु पकाएर खादा शरिरको तौल घट्छ । जैतुनको तेलमा फ्याटको मात्रा कम हुन्छ । अरु रोग भएकाहरुले समेत जैतुनको तेलमा पकाएको आलु प्रयोग गर्दा राम्रो हुन्छ । 

पाकेको खुर्सानी भनेको सुन्दा पनि डराउँछन् केही मानिसहरु । सुन्दा अचम्म लाग्न सक्छ । तर, पाकेको रातो खुर्सानीले वजन कम गर्न सहयोग गर्छ । रातो खुर्सानीमा पाइने क्याप्सेसिन नामक तत्वले शरिरमा गर्मी बढाउँछ । यसले भोक लाग्न पनि दिँदैन । एक रिसर्चका अनुसार खुर्सानीले उत्पन्न हुने गर्मिले शरिरको बोसो काट्छ र मोटोपनाबाट छुटकारा दिन्छ ।

खानामा नरिवलको तेल प्रयोग पनि मोटोपना घटाउने अर्को उपाय हो । नरिवल तेलको प्रयोगले लामो समयसम्म भोक लाग्दैन । त्यस्तै नरिवलको तेलले शरिरमा एक किसिमको गर्मि उत्पन्न हुन्छ । यसबाट तिब्र गतिमा शरिरको क्यालोरी नष्ट हुन्छ । 



त्यस्तै बदाम, दही, एभोकाडो, सौफको प्रयोगले पनि तौल घटाउन भूमिका खेल्छ ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १७:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया