चलचित्र बालाले रिलिजको दिनमै गर्यो करोडको व्यापार

एजेन्सी– बलिउडमा पछिल्लो समय अभिनेता आयुष्मान खुरानाको निकै प्रशंसा चुलिएको छ । त्यसैले उनका पछिल्ला फिल्मले निकै राम्रो व्यापार गरिरहेका छन् । उनको फिल्म बालाले पनि पहिलो दिनमा नै १५ करोड १० लाख भारतीय रुपैयाँको व्यापार गरेको छ । 

यो नै आयुष्मान खुरानाको ओपनिङमा सबैभन्दा धेरै रकम कलेक्सन गर्ने फिल्म बनेको छ । आयुष्मानसँगै भूमि पेडेकर, यामी गौतमले खेलेको यो फिल्म शुक्रबार मात्र रिलिज भएको हो । आलोचकहरुले पनि फिल्मको सकारात्मक टिप्पणी गरेका छन् । दर्शकहरुले पनि यो फिल्ममा निकै रुचि देखाएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १८:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया