एन्जेलिना जोलीकी फेसन आइकन दीपिका पादुकोण !

एजेन्सी– बलिउड अभिनेत्रीको यो प्रख्यातीबारे सुरुमा सुन्दा कसैलाई पत्यार नलाग्न पनि सक्छ । तर, अभिनेत्री दीपिका पादुकोण विश्वभर आफ्नो फेसन सेन्सका कारण चर्चामा आएकी छिन् । उनको प्रस्तुतिका कारण सन् २०१८ को कान्समा त अमेरिकी गायिका बियोन्सीले आफू प्रभावित भएको बताएकी छिन् ।

अब फेरि उनको सौन्दर्य र फेसन सेन्सबाट आफू पनि प्रभावित भएको हलिउड अभिनेत्री एन्जेलिना जोलीले बताएकी छिन् । सौन्दर्य तथा ड्रेसिङ सेन्सका कारण दीपिका त्यसैले पछिल्ला वर्षमा संसारभर एक आइकनका रुपमा विकसित भइरहेकी छिन् । 

इन्स्टाग्राममा पनि पछिल्लो समय दीपिकाले निकै धेरै फलोअर्स पाएकी छिन् । अब उनको इन्स्टाग्राममा फलोअर्सको संख्या ४ करोड नाघेको छ । दीपिका छिट्टै फिल्म छपाकबाट ठूलो पर्दामा देखिँदैछिन् ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १८:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया