छक्का प्रहारमा रेकर्ड बनाउँदै रोहित, छैनन् कुनै भारतीय नजिक

एजेन्सी– भारतको नागपुरको विदर्भ क्रिकेट एसोसियसनको मैदानमा आइतबार भारत र बंगलादेशबीचको तीन म्याचको टी २० सिरिज खेलिँदै छ । दुवै टिमले एक एक खेल खेलेर अहिले बराबरीमा रहेका छन् । जसले आइतबारको खेल जित्नेछ, उसले नै आफ्नो जित दर्ज गर्नेछ । 

यही खेलमा भारतीय टिमका कप्तान रोहित शर्मा एक विशेष उपलब्धिमा आफ्नो नाम दर्ज गराउने सुरसारमा छन् । त्यो हो– ४ सय छक्का प्रहार गर्ने खेलाडी । अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका अरु कुनै पनि ब्याट्सम्यानले यति धेरै छक्का प्रहार गरेका छैनन् । रोहितले चाहिँ एक दिवसीयमा २३२, टेस्टमा ५१ र टी २० ११५ छक्का प्रहार गरेका छन् । 

अब आइतबारको खेलमा उनले २ छक्का प्रहार गरे भने उनका ४ सय छक्का पूरा हुनेछन् । अहिलेसम्म विश्वमा जम्मा दुई खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा ४ सय छक्का प्रहार गरेका छन् । उनीहरु हुन्, पाकिस्तानका शाहिद अफ्रिदी र वेस्ट इन्डिजका क्रिस गेल । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २२:३४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया