सुटिङमा घाइते भए अक्षय कुमार

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार फिल्म सूर्यवंशीको सुटिङको क्रममा घाइते भएका छन् । भारतीय मिडियामा आएको रिपोर्टअनुसार अक्षय कुमारको हातमा चोट लागेको हो । तर, उनले सुटिङ रोकेनन् । सुटिङलाई निरन्तरता दिएका अक्षयले इन्स्टाग्राममा एउटा फोटो राखेका छन् । त्यसमा उनको हातमा ब्यान्डेज बाँधिएको छ ।

उनले इन्स्टाग्राममा राखेको भिडियोमा चाहिँ क्याट्रिना कैफ पनि उनीसँगै देखिएकी छिन् । यो फिल्म रोहित शेट्टीको निर्देशनमा बनिरहेको छ । यो फिल्ममा रणवीर सिंह र अजय देवगणले पनि काम गरिरहेका छन् । 

अर्को वर्ष मार्चमा रिलिज हुने फिल्ममा अक्षय प्रहरीको भूमिकामा छन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार २३:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया