जुम्ला खलंगा बजारमा आगलागी

जुम्ला– जुम्लाको सदरमुकाम खलंगा बजारको होटलमा आगलागी भएको छ। चन्दननाथ नगरपालिक ५ मा नवराज श्रेष्ठले संचालन गरेको नेवाकिचन खाजा घरमा शनिबार बिहान ११ बजे आगलागी भएको हो ।

जिल्ला प्रशासन कार्यालय अगाडिआगलागी भएको कारण तत्काल दामकल, विपद् व्यवस्थापकको टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

श्रेष्ठले आफ्नै घरमा होटल संचालन गरेका थिए । आगलागी पूजापाठ गर्दा भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । समयमै दमकल पुगेको कारण ठूलो क्षति हुन नपाएको जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया