मुख्यमन्त्रीले गरे बसपार्क उद्‌घाटन

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा बसपार्कको शिलान्यास गरेका छन् ।  शनिबार एक कार्यक्रमबीच बसपार्कको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले यसले लम्की क्षेत्रका बासिन्दालाई सहज हुने बताए । लम्की बसपार्क एक वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ । दुई करोड २४ लाखमा लम्कीचुहा नगरपालिकाले बसपार्क निर्माण गर्न लागेको हो । १९ कठ्ठा क्षेत्रमा निर्माण हुने बसपार्कमा ५० वटा बस पार्किङ गर्न सकिने जनाइएको छ । 

यस्तै, मुख्यमन्त्री भट्टले लम्कीचुहा–३ बलचौरमा छाडा गाईगोरु व्यवस्थापनका लागि निर्माण गरिएको गौशालाको उद्घाटन गरेका छन् । गौशालाबाट प्रांगारिक मल उत्पादनका साथै गहुँत प्रशोधन गरिने जनाइएको छ । करिब २५ हेक्टर क्षेत्रफलमा फैलिएको गौशालामा करिब चार सय गाईगोरु रहेका छन् । यसमा करिब एक हजार गाईगोरु राख्ने योजना रहेको जनाइएको छ । 

शनिबार नै मुख्यमन्त्री भट्टले कैलाशधाम तीर्थस्थलको विकासका गौ संरक्षणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा प्रदेशस्तरीय धार्मिक महोत्सव ०७६ को पनि उद्घाटन गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १४:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया