केन्द्र विवादमा वडा कार्यालयमा तालाबन्दी

कन्चनपुर– लालझाडी गाउँपालिका–३ को वडा कार्यालय सार्ने विषयमा विवाद उत्पन्न भएको छ । विवाद बढ्दै जाँदा नेकपाले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।  वडा कार्यालय अन्यत्र सार्न लागिएपछि तीन गाउँका स्थानीय बासिन्दासहित नेकपा लालझाडी गाउँपालिका–३ का नेता–कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

स्थानीय बासिन्दाको सहमतिविना वडा कार्यालय सार्न थालेपछि ताला लगाएको नेकपा लालझाडीका नेता अमरसिंह रानाले बताए । ‘यसबारे वडाध्यक्ष, गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ । कसैले सुनुवाई नगरेपछि ताला लगाउन बाध्य भएका हौँ,’ उनले भने । 

लालझाडी–३ का वडाध्यक्ष टीकाराम चौधरीले वडा कार्यालय सार्न लागिएको नयाँ ठाउँ सबैलाई पायक पर्ने बताए । सबै प्रक्रिया पूरा गरेर वडा कार्यालय सार्न लागिएको उनको भनाइ छ । ‘वडा कार्यालयको जमिनका लागि १५ दिने सूचना जारी गरेका थियौँ, त्यतिवेला कसैले पनि वास्ता नै गरेनन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १४:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया