ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

महाेत्तरी– महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार साँझ साईकलमा सवार बालकलाई जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ट्याक्टरले ठक्कर दिएको हो । 

जलेश्वर नगरपालिका २ निवासी विनोद मुखियाका ९ वर्षीय छोरा राजकुमार साईकलमा घर जाादै गर्दा लु २ त ७६९९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बालकलाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । अस्पतालमा राति चेकजाँको व्यवस्था नभएको भन्दै डाक्टरले बालकलाई जनकपुर रेफर गरेका थिए । बालकलाई जनकपुर अस्पताल पुर्याउँदा पनि उपचार सम्भव नभएको भन्दै अस्पतालले धरान  रेफर गरेको थियो । बालकलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

बालकलाई ठक्कर दिने ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १४:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया