एजेन्सी– न्युजिल्याण्डविरुद्ध टि –२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा इंग्ल्यान्डले रोमाञ्चक जित निकाल्दै सिरिज ३–२ ले आप्mनो नाममा गराउन सफल भएको छ ।
आज भएको खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभरमा ९ रनले हराएको हो । वर्षाको कारण ११ ओभरमा छोट्याइएको खेलमा न्युजिल्याण्डले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
न्युजिल्याण्डले निर्धारित ११ ओभरका ५ विकेटको क्षतीमा १४६ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिन गप्टिलले ५०, कोलिन मुनरोले ४७ तथा टिम सिफर्टले ३९ रनको योग्दान दिए ।
इंग्ल्याण्डका लागि साम कुरान, टोम कुरान, आदिल रासिद तथा साकिद महम्दले समान १ विकेट लिए । १४७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ११ ओभरमा ७ विकेटको क्षतीमा १४६ रन नै बनाए पछि खेल सुपर ओभरमा गएको हो ।
इंग्ल्याण्डका लागि जोनी बेरिस्टोले ४६ , साम कुरानले २४ तथा इयान मोर्गानले १७ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टेन्ट्र बोल्ट , मिचेल स्याटनर तथा जिमी निसमले समान २ विकेट लिए । सुपर ओभरमा इङ्ल्याण्डले १७ रन बनाएको थियो भने न्युजिल्याण्डले ८ रन मात्र बनाउन सक्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।